हास्य कलाकार दिपकराज गिरीले आफ्नो निधन भएको समाचार प्रकाशित गरिदिएर आफूलाई हिट बनाइदिएको भन्दै सञ्चार माध्यमलाई धन्यवाद दिएका छन् ।

उनले फेसबुकबाट आफू मरेको विषयमा हल्ला फैलिएको भन्दै फोन आएको र आफ्नै मृत्यु बारे जानकारी पाउने भाग्यमानी भएको समेत लेखेका छन् ।

उनले भनेका छन्ः हिजो अचानक म मरे………. फोन पनि आयो?
हैलो तपाइनै बोल्नु भाको हो? “हो म नबोलेर को बोल्छ त? शहरमा म मरेको समाचार फैलिएछ,
आफै मरेको ख़बर सुन्न पाउने थोरै भाग्यमानी ब्यक्तिमा परे।

अझै केहि भ्रममा रहनु भएका शुभचिन्तकहरूमा म जिउदै रहेको जानकारी गराउन चाहन्छू
साथै समाचारमा आएको कुरा अर्धसत्य रहेको कुरा पनि अबगत गराउछू, दीपकराज गिरी नामक ब्यक्तिको अबसान भएको हो तर म होइन

गज्जबको सनसनीपूर्ण हेडलाइन बनाइ मलाइ चर्चित बनाइ दिनु हुने मिडियाहरूलाइ धन्यबाद
भबिष्यमा पनि यस किसिमको सहयोगकोअपेक्षा
गर्दछू!
साच्च्किकै दिवंगत दीपकराज गिरी प्रति समबेदना
 
Top