९ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापा जहिले पनि चर्चामा रहने गर्छन् । राजनीतिमा युवा नेताको छुट्टै छाप बनाएका थापा भर्खरै मात्र विश्वको युवा नेतामा चुनिएर चर्चामा आएका थिए ।
व्यवस्थापिका संसद अन्तर्गत कृषि तथा उर्जा समिति सम्हालेका नेता थापा मंगलबार भने रिक्सा चालकको भुमिकामा देखिएका छन् । काठमाडौंमा चारपाङ्गे सवारीमा यात्रा गर्ने थापा दाङ पुगेर रिक्सा चालक बनेका हुन् ।
दाङमा भित्र्याइएको वातावरणमैत्री रिक्सा चलाउँदै गर्दा नेता थापा एउटा कुशल ‘ड्राइभर’ जस्तै देखिएका थिए । राजनीतिमा सशक्त भुमिका निभाउने थापा रिक्सा चालक भएको भए सशक्त कमाई गर्थेहोला ।
तर, नेता भएकाले सधैका लागि रिक्सा चालक बनेनन् । रिक्सामाथि चढेका मात्रै हुन् । शारिरीक रुपमा वल बढी पर्ने रिक्साको विकल्पमा हालै नेपालमा पनि प्रवेश गराइएको इलेक्ट्रिकल रिक्सा चलाउँदै गरेको अवस्थामा थापा दाङमा भेटिएका हुन् ।
रिक्सा व्यवसाय गर्ने शुभेच्छुकको रिक्सा उद्घाटन गरेर थापा रिक्सा चालक बनेका हुन् । अक्षय तृतियाको शुभसाइतमा रिक्सा व्यवसायको उद्घाटन भन्दा पहिले थापाले रिक्सामा विश्वकर्माको पूजा समेत गरेका थिए ।
रिक्सा चलाएर थापाले केही समयका लागि भएपनि फरक अनुभुति गरेका थिए । व्यवसायीहरुको सुरक्षामा सरकारले लगानी गर्नुपर्ने धारणा समेत राखेका थिए ।