मुम्बई । बलिउडका बादशाह स्टार अभिनेता शाहरुख खानले दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालको बचाउ गरेका छन् ।
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले ल्याउन लागेको भुमी अधिग्रहण विलको विरोधमा केजरीवालको नेतृत्वमा निकालिएको किसान र्यालीमा केही समर्थकले आत्महत्या गरेपछि विवादमा तानिएका केजरीवालको शाहरुखले बचाउ गरेका हुन् ।
विहीबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै शाहरुखले कोही पनि व्यक्तिको जीवन अमूल्य छ, अरुका लागि उसले आफ्नो प्राण त्याग्न सक्दैन् । त्यसका उसको कुनै कारण हुन सक्छ । अन्य व्यक्तिलाई दुःख दिन मिल्दैन् । भनेका छन् ।
उनले केही कुरा पाउन आत्महत्या नगर्न आग्रह समेत गरेका छन् । केजरीवाल सरकार विरुद्ध भइरहेको प्रदर्शनबारे बोल्दै शाहरुखले गलत कुरामा समर्थन नजनाउन आम नागरिकमा अपिल समेत गरेका छन् ।
बुधबार आम आदमी पार्टीले निकालेको र्यालीमा एक किसान गजेन्द्र सिंहले रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । आत्महत्या गरेपछि देशैभरी केजरीवालको आलोचना भइरहेको बेला शाहरुखले उनको बचाउ गरेका हुन् । एजेन्सी