
![]() |
काठमाडौंबाट सर्लाहीको मलंगवा जाँदै गरेको ना ४ ख ४५१६ नम्बरको एन्जल ट्राभल्सको बस बिहान पौने ६ बजे सडकबाट पल्टिएर दुर्घटना भएको हो। बसका यात्रुहरुका अनुसार चालक निदाएका कारण तीब्र गतीमा रहेको बस अनियन्त्रित भएर सडकबाट पल्टिएर दुर्घटना भएको हो। प्रहरीका अनुसार दुर्घटनामा सर्लाहीको ब्रम्हपुरी घर भएका अन्दाजी ४५ बर्षे अकलु गिरी, उनकी श्रीमती ४० वर्षीया भवानी गिरी र सर्लाही पुर्नबासका २२ वर्षीया लक्ष्मी पासवानको ज्यान गएको हो। मृतकहरुको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ।
घाइतेहरुको उपचारका लागि ६ जनालाई बाराको सिमरास्थित तराई सिमरा अस्पतालमा र आठ जनालाई निजगढस्थित मोहम्बी अस्पतालमा पु¥याइएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। दुर्घटनामा परेको बस सडकभन्दा दक्षिणतर्फ करिब एक सय मिटर पुगेर पल्टिएको भेटिएको मध्य क्षेत्रीय ट्राफिक पमुख रहेका प्रहरी निरिक्षक अभय विक्रम शाहले बताए ।
साेर्स-अन्नपूर्ण पोस्ट्

![]() |