काठमाडौं-निःशुल्क वाइफाई। सिसी क्यामेरा। आकर्षक र आरामदायी बस्ने सिट। जाडो मौषममा हिटर। बसमा तीन जना चालक। यो कुनै शहरी क्षेत्रमा चल्ने सार्वजनिक बसको विशेषता होइन। यो त दुर्गम जिल्ला जुम्लामा काठमाडौंबाट सोझै चल्ने बसमा भएको विशेषता हो। सडकसञ्जालसँग लामोसमयदेखी जोडिए पनि जुम्ला र काठमाडौंमा हालसम्म सिधा बस सेवा शुरु हुन सकेको थिएन्। तर, दुर्गम जिल्ला जुम्ला बिहीबारदेखि राजधानीसँग सुविधासम्पन्न बसमार्फत सोझै जोडिन पुगेको छ। कर्णाली अञ्चल यातायात व्यवसायी संघले बिहीबार दिउँसो २ बजे काठमाडौं–जुम्ला सिधा बस सेवा सञ्चालनमा ल्याएको छ।
नेपाल यातायात राष्ट्रिय महासंघको सहयोगमा संघले ३६ सिटे सुविधासम्पन्न डिलक्स बस यो रुटमा राखेको हो। काठमाडौं–जुम्ला सिधा बस नयाँ बसपार्कबाट बिहीबार २ बजे हिँडेको छ। ना५ख ६२६२ नम्बरको बस शुक्रबार दिउँसो जुम्ला सदरमुकाम खलंगा पुग्नेछ। बसमा १३ यात्रु छन्।
काठमाडौंबाट जुम्ला ८ सय ३० किलोमिटर दुरीमा छ। यो दुरी पार गर्न २६ घन्टा लाग्नेछ। यात्रुले यसका लागि २८ सय ५० रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ।
संघका अध्यक्ष मिनबहादुर थापाका अनुसार यात्रुहरुले आरमदायी र सुरक्षित यात्रा गर्न सकुन भनेर निःशुल्क वाईफाई, सिसि क्यामेराको व्यवस्था गरिएको हो। यस्का साथै चिसो मौषममा यात्रुलाई जाडो नहोस भन्नका लागि हिटर समेत राख्न मिल्ने सुविधा राखिएको हो। ‘अहिले त बसमा हिटर राख्नु पर्दैन तर जाडोको समयमा यात्रुलाई चिसोले सताउने भएकाले चिसोबाट जोगाउन हिटर राखिने छ,' थापाले भने, ‘लामो दुरीको यात्रा गर्दा इन्टरनेटको मजा लिन सकुन भनेर वाइफाइकाृ व्यवस्था पनि गरिएको छ।'
नियमअनुसार लामो दुरीका बसहरुमा अनिवार्य रुपमा दुई जना चालक राख्न पर्ने व्यवस्था छ। तर, काठमाडौं–जुम्ला वसमा भने तीन जना चालक राखिएको छ। सुरक्षित यात्राका लागि संघले चालकको संख्या थप गरीएको हो। तीनै जना चालकले पालै पालो बस सञ्चालन गर्ने थापाले जानकारी दिए।
‘शुरुवाती अवस्थामा काठमाडौंबाट एउटा र जुम्लाबाट एउटा बस गुड्ने छन्' उनले भने, ‘विस्तारै यात्रुको चापका आधारमा बसहरु थप गर्न सकिने छ।' उनका अनुसार काठमाडौंबाट दिउसो २ बजे बस छुट्ने छ भने जुम्लाबाट बिहान ५ बजे नै छुट्ने छ। कर्णाली राजमार्गको बाटोमा दिउसो मात्र गाडी चलोस भनेर यस्तो व्यवस्था गरिएको हो।
काठमाडौंबाट २ बजे छुटेको बस भोलिपल्ट बिहान ६ बजेतिर सुर्खेतमा पुग्ने र त्यसपछि दिउसो जुम्ला पुग्ने छ। त्यस्तै जुम्लाबाट बिहान ५ बजे छुटेको बस साँझतिर सुर्खेतमा आइपुग्ने र भोलीपल्ट बिहान काठमाडौं आइपुग्ने छ।
नेपाल यातायात राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार जुम्लाबाट राजधानी आउजाउँ गर्ने यात्रीको सहजताका लागि सोझै बस सेवा शुरु गरिएको हो। यो सेवाको शुरुसँगै जुम्लाबाट राजधानी आउनेले विगतमा जस्तो सुर्खेत वा नेपालगन्ज आएर अर्को सवारी चढ्नु पर्ने झण्झटबाट मुक्ती पाउने छन्।
साभार via Nagariknews